नातिको बिहेमा लण्डन पुगेका पूर्वउपाध्यक्ष क्षेत्रीको कोरोनाबाट मृत्यु

चैत २९, काठमाडौं । बागलुङका कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणबाट बेलायतमा मृत्यु भएको छ । उनी एक महिनाअघि नातिको बिहेका लागि बेलायत पुगेका थिए । 

क्षेत्री मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन श्रीमतीसहित बेलायत पुगेका थिए । त्यहाँ बिरामी भएपछि उनलाई हस्पिटलमा भर्ना गरिएको थियो तर, गत बुधबार कोरोनाबाट उनको मृत्यु भएको हो ।   

क्षेत्री केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *