‘इजी डिल्स नेपाल’को उद्घाटन

काठमाडौं, माघ २ । काठमाडौँको थापाथलिमा आयोजित एक कार्यक्रमका बिच इजी डिल्स नेपाल नामक व्यावसायिक संस्थाको उद्घाटन गरिएको छ ।

अनलाइन सपिङ मार्फत् आम उपभोत्तालाई सेवा उपलव्ध गराउने गद्देश्यले यस व्यवसायिक संस्थाको थालनि गरिएको संस्थाका अध्यक्ष फिलिप डि.सि.ले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिः रागिनी उपाध्यायले, ‘यस संस्थाको व्यावसायिक उद्देश्य आजको विज्ञान र प्रविधिको युगलाई भरपुर उपयोग गरेर आम उपभोक्तालाई लाभान्वित गर्नेखालको रहेको हुनाले यसमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिन आवश्यक रहेको’ बताईन् ।

कार्यक्रमको विशेष अतिथिका रुपमा बोल्दै उज्यालो चिन्तनका उत्प्रेरक विश्वकिर्तिमानी बक्ता, अनन्तराम के.सि.ले ‘नेपालमा अनलाइन सपिङको यस प्रयोगले व्यापारमा नयाँ क्रान्ति ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी पत्रकार, सामाजिक अभियन्ताहरू तथा विभिन्न संस्थाका प्रतिनिधिहरुले अनलाईन सपिङको नयाँ व्यावसायिक सेवाबारे जिज्ञासा राखेका थिए । उपभोक्तको उत्सुकतालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष डि.सि.ले, ‘यस संस्थाले अनलाईन मार्फत् सरल, सुलभ र गुणस्तरिय सेवा प्रदान गर्ने र आम उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने’ जानकारी दिए । कार्यक्रममा सम्राट सिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम, साहित्यका, पत्रकार तथा वाङ्मय अनुसन्धाता, सगोत्री आचार्यले सञ्चालन गरेका थिए ।

यस संस्थाले ‘भाइटेक्स अर्थात् फुड सप्लिमेन्ट्रि’, ‘इलेक्ट्रोनिक’, ‘कस्मेटिक’, ‘फर्निचर’, ‘कपडा’ लगायत विभिन्न ब्रान्डका सामानहरू अनलाईन मार्फत् माग भए बमोजिम होम डेलिभरी सहित सेवा उपलब्ध गराउनेछ । अहिले काठमाडौँको पुतलिसडकमा यसको मुख्य कार्यालय रहेको छ । निकट भविष्यमा नेपालका अन्य भागमा पनि शाखा विस्तार गरिने संस्थाले जनाएको छ ।

सो संस्थाका अनुसार, नेपाली उत्पादन ओझेलमा परिरहेको अवस्थामा निजि क्षेत्रबाट भएपनि इजि डिल्स नेपालले नेपालका उत्पादनलाई विश्व बजारसम्म पुर्याउन अनलाईन सपिङ सुरुवात गरेको छ र नेपाली व्यापारलाई अन्तराष्ट्रिस्तरमा पुर्याउने योजना रहेको बताइएको छ । आम उपभोक्ताले यस अनलाइन सपिङ मार्फत् कुनै पनि सामान खरिद वा विक्रि गर्न चाहेमा www.easydealsnepal.com वा facebook.com∕easydealsnepal मा सम्पर्क गर्न संस्थाका सञ्चालकले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *