संसदमा सांसदको प्रश्नः कुलमान र वर्षमान श्री ३ हुन् ?

 

साउन २१, काठमाडौं । प्रतिनिधि सभाको मंगलबारकाे बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् । 

जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएकोमा सांसद महतोले आक्रोश पोखे । 

null

उनले भने ‘हामीले यति प्रगती गर्यौ भनेर यिनीहरु कुर्लेका कुर्लेई छन् । इण्डियालाई बत्ति बेच्दैछु भन्छन् । हामीलाई बेचिदिनोस् । कृपया जुम्लालाई बेचिदिनोस् तपाईहरु । त्यहाँ पनि जनता छन् । त्यहाँ पनि मोबाईल छ । त्यहाँ पनि पढ्ने विद्यार्थी छन् । त्यहाँ पनि बिरामी छन् ।’ 

जुम्लाको विद्युत समस्या वर्षमान र कुलमानले बेवास्ता गरेको, कमिसन आउने ठाउँमा मात्रै काम गरेको उनको आरोप छ । ‘हाम्रा यी श्री ३ महाराजलाई म फेरि भन्न चाहन्छु । तपाईँहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो । जहाँ कमिसन आउँछ त्यहामात्रै सेवा विस्तार गर्छन् भन्ने सुनेको थिएँ । आज मलाई विश्वास लागेको छ । यिनीहरु जहाँ पैसा आउँछ त्यही मात्रै सेवा विस्तार गर्दा रहेछन् ।’ 

संसद बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको बत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको पनि गुनासो पोखे । 

उनले जुम्लाबासीको समस्यालाई पनि राष्ट्रिय समस्याको रुपमा बुझिदिन आग्रह गर्दै वर्षमान र कुलमानको फोन नउठेको विषय दोहोर्याए । आक्रोशित मुद्रामा उनले भने, ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? यिनीहरुसँग भेट कसरी गर्ने हो ? यिनीहरुसँग हाम्रो जिल्लको समस्या कसरी राख्ने ? के विद्युत् प्राधिकरण छैन यो नेपालमा ? जुम्ला जिल्ला भन्ने छैन ? जुम्ला जिल्लामा १ लाख मानिसहरु बस्छन् । मोबाईल चलाउन नपाएर कति गाह्रो भइरहेको छ । जात्रा आयो । दशैं आयो, तिहार आयो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *