पाँचथर हत्या प्रकरणः शंकास्पद व्यक्ति नै मृत भेटिए

 

जेठ ७, काठमाडौं । पाँचथर सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन् । 

प्रहरीले मिक्लाजुङ हत्यामा संलग्न रहेको आशंका गरेका बमबहादुर फियाकका कान्छा ज्वाईं मानबहादुर माखिमको घटनास्थलदेखि केही पर झुण्डिएको अवस्थामा शव फेला पारेको हो । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो । 

null

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको दुई परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्रीको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन भइसकेको छ । 

 

सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । 

एक १२ वर्षीया बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । उनका अनुसार भागेर बाँच्न सफल भएकी सीता गम्भीर घाइते छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *