आर्थिक सहयोग गर्ने प्रतिबद्धताका साथ नायक पलले गरे भीम बहादुर विकको घर शिलान्यास

 

                                                                            तस्विरः पल शाहकाे फेसबुकबाट 

चैत १३, काठमाडौँ । नायक तथा मोडल पल शाहले सामाजिक सञ्जालमा भाइरल भएका देवघाटका भीमबहादुर विकको घर शिलान्यास गरेका छन् । 

null

नायक पलले भौतिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विकको घर शिलान्यास गरेका हुन् । 

देवघाटका विकको अवस्था निकै दयनिय छ । होचो कदका भीम बहादुर विक ५० कटिसकेका छन् । ५ वर्षअघि जलेको उनको घर आर्थिक अभावका कारण पुनः निर्माण हुन सकेको थिएन । करिब २२ वर्षदेखि उनले मागेर आफ्नो जिविका चलाउँदै आएका छन् ।  

समाजसेवी रञ्जिता गुरुङको अगुवाईमा विकको घर निर्माण अभियान सुरु भएको हो । आउँदो वर्ष नै घर हस्तान्तरण गरिने बताइएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *