सुनको भाउ बढ्यो, हेर्नुस आजको भाउ

माघ १६, काठमाडौँ । बुधबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ बिहिबार तोलामा ७ सय रुपैयाँ बढेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

बुधबार  प्रतितोला ७५ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ३ सय रुपैयाँले कारोबार भईरहेको  महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार बुधबार  प्रतितोला ७५ हजार ३ सय रुपैयाँले   कारोबार भएको तेजाबी सुन आज प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for सुनको भाउ बढ्यो

बिहिबार चाँदीको भाउ पनि तोलामा १०  रुपैयाँ बढेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८ सय ७० रुपैयाँले बिक्रीबितरण भएको चाँदी आज प्रतितोला   ८ सय ८० रुपैयाँले बिक्रीबितरण भईरहेको  छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *