काेराेना संक्रमणकाे आशंकामा वीपी प्रतिष्ठान आएका मध्ये अहिलेसम्म कसैलाई देखिएन संक्रमण

चैत्र १९, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरिएका २३ जना मध्ये १९ जनाको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ । अन्य चार जनाको भने रिपोर्ट आइसकेको छैन । प्रतिष्ठानमा आएका मध्ये अहिलेसम्म कसैलाइ काेराेना संक्रमण देखिएकाे छैन । 

प्रतिष्ठानमा कोरोना परीक्षण गर्न हिजो मंगलबार सम्म आएका १५१ जनाको स्क्रिनिङ गरिएकोमा १४ जनालाई सरकारी क्वारेन्टाइनमा राखिएको, १३२ जनालाई सेल्फ क्वारेन्टाइनमा पठाइएको छ ।   

हिजो मात्रै कोरोना आशंकामा आएका ३२ जना मध्ये २९ जनाको स्वास्थ्य परीक्षण र ट्राभल्स हिस्ट्री हेरेर सेल्फ क्वारेन्टाइनमा पठाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए ।  प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका १० जना मध्ये ९ जना डिस्चार्ज भइसकेका छन् । एक जना प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार गराईरहेका छन् ।   

वीपी प्रतिष्ठानमा सरकारले १ नं. प्रदेशका लागि कोरोना परीक्षण ल्याव स्थापना गरेको छ । आइतबार १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले उक्त ल्यावको उद्घाटन गरेका थिए ।  प्रतिष्ठानले कोरोना रोकथाम, उपचारका लागि प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहको संयोजकत्वमा र्यापिड टिम गठन गरेको छ ।   

प्रतिष्ठानको इमरजेन्सी, जिओपिडी लगायतका क्षेत्रमा कोरोना हेल्थ डेक्स समेत सञ्चालन गरिएको छ । प्रतिष्ठानमा उपचारका लागि जाने जुनसुकै विरामीले सर्वप्रथम कोरोना हेल्थ डेक्समा गएर आफ्नो ट्राभल्स हिस्ट्री जानकारी गराउनु पर्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *