काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व परिवर्तन

बैशाख २३, काठमाडाैँ । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदीलाई पठाएको छ । 

 

नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिईएको हो । काठमाडौं प्रहरी प्रमुख रहेका वसन्त लामा भने लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।  

null

यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो । अपराध महाशाखामा कार्यरत एसएसपीप सिंहलाई तालिम निर्देशनालय सरुवा गरिएको छ । 

महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी ३३ किलो सुन काण्डमा मुछिएपछि सिंहले अघिल्लो वर्ष बैशाख ४ गतेदेखि महाशाखाको कमाण्ड सम्हालेका थिए । प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी उमेशराज जोशी सुवेदीले पाएका छन् । यसैगरी, प्रहरी प्रधान कार्यालय भर्ना छनौंट महाशाखामा कार्यरत पुरुषोत्तम कँडेललाई विराटनगर तालिम केन्द्रमा सरुवा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *