नेकपाले नेताहरूको कार्यविभाजनसँगै पोलिटब्युरो पनि टुंगो लगाउने

काठमाडौ‌ं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दैछ। केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोक्ने र पोलिब्यूरो कमिटी गठन गर्ने विषयमा छलफल गर्न आज सचिवालयको बैठक बस्न लागेको हो। 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। शनिबार बसेको सचिवालय बैठकमा नेताहरुको कार्यविभाजनका लागि छलफल भएपनि थप गृहकार्य गर्न भन्दै एक दिन रोकिएको बैठक फेरि बस्न लागेको हो। 

सोमबारको बैठकले नेताहरूको कार्यविभाजनसँगै पोलिटब्युरो कमिटीको पनि टुंगो लगाउने बताइएको छ। नेकपाको पार्टी एकता भएको ६ महिना पूरा हुँदा समेत पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया अघि बढ्न सकेको छैन। 

null

सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाले गरेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *