धरानमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन

मंसिर २५, धरान । पटक पटक प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने र नयाँ आउन ढिलाई हुँदा विकास निर्माणका कार्य अबरुद्ध हँदै गर्दा सोमबार मात्रै धरान उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । 

नयाँ अधिकृतको रुपमा उपसचिव बिनोद पोखरेलले सोमबार देखी कार्यालयमा हाजिरी गरेका हुन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका सुमन घिमिरे कात्तिक १२ गते सरुवा भएर बैदेशिक रोजगार बिभागमा गएका थिए । 

उनी त्यहाँ गएपछि प्रमुख प्रशासकीय अधिकृत पद खाली रहँदै आएको र विकास निर्माणका बजेट निकासाहरु सबै ठप्प भएको थियो । उपमहानगरपालिकामा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने भएपनि मन्त्रालयले उपसचिव बिनोद पोखरेललाई निमित्त प्रशासकीय अधिकृत बनाएर पठाएको हो । 

null

पोखरेल संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट सरुवा भई आएका हुन् । उपमहानगरपालिका कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जनताका कामलाई कानुन सम्मत हिसाबले सम्पादन हुनुपर्ने बताएका छन् । 

सोमबार नै उपमहानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल गरि उनले हालसम्म भए गरेका कामहरुको जानकारी लिएका थिए । उनले उपमहानगरपालिका बाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन मातहतका अधिकृत कर्मचारीहरु लाई निर्देशन दिएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत आएपछि उपमहानगरपालिकाका रोकिएका प्रशासनिक कार्यहरु नियमित हुन थालेको छ । तथापी कायम मुकाय तोकिएर आएका उनले धरानमा कति महिना सेवा दिने हुन् त्यस्को भने कुनै निश्चित छैन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *