प्रहरीको पेस्तोल रक्सी तस्करले लुटे
मकालु खबर
२०७६ वैशाख १९ गते
वैशाख १८ काठमाडौं । जनकपुरधाममा प्रहरी र एक समूचबिच झडप हुँदा प्रहरीको पेस्तोल र उक्त पेस्तोलमा लाग्ने म्याग्जिन तस्करहरुले लुटेका छन्
प्रहरीका अनुसार प्रहरी र भारततर्फ रक्सी निर्यात गर्ने समूहबीच झडप हुँदा नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक असई प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् ।
बुधबार बिहान २ बजेतिर धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरी र तस्करबीच उक्त भडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।
null
पेस्तोसहित उक्त हतियारमा लाग्ने म्याग्जिन पनि लुटिएकोकाले बारदातस्थलमा डिएसपी ज्ञान मेहताको नेतृत्वमा टोली खटिई हतियार लट्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित