सुत्केरीको रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज ल्याए

पुस ६ जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको हेलिकप्टर  चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । 

चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका– ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगञ्ज ल्याइएको उनका श्रीमान् पदम थापाले जानकारी दिए । 

अहिले प्रतिभाको उपचार जारी रहेको उनले बताए । रु दुई लाख मा जहाज चार्टर गरिएको थियो । बिहीबार मात्र जाजरकोट ल्याइएकी प्रतिभाको रातिदेखि रक्तस्राव भईरहको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चार्टर गरेका उनका श्रीमान् ले बताए । 

null

पचास श्याको जाजरकोट अस्पताल भए पनि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधैँ यहाँका स्थानीयवासी महङ्गो शुल्क तिरेर नेपालगञ्ज, काठमाडौँमा उपचारका लागि आउँन बाध्य छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *