क्रिकेट टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

माघ २२, काठमाडौँ । युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट शृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । 

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । 

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको पनि स्पष्ट पारे। 

null

‘खेलकुद क्षेत्रको विकासबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहन्छ । अहिलेको अवस्थामा खेलाडीलाई ५० लाख रुपैयाँ दिन सकिँदैन, तर हामी खेलाडीलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर छौँ’, उनले भने । 

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा खुशी व्यक्त गरे । 

 घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो । 

नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–ट्वान्टी सिरिज जितेको थियो । 

आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *