कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थाले, ३२ हजार कर्मचारी प्रक्रियामा

काठमाडौं। कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन्। 

शुक्रबारसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेका छन्। तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी दिए। 

समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले सं  व्यवस्थामा नियुक्त भएका कर्मचारीलाई सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया थालेको हो । यसै प्रायोजनका लागि सरकारले ल्याएको समायोजन अध्यादेश संसद्का दुइटै सदनबाट स्वीकृत भइसकेको छ । 

null

सुरुमा समायोजन प्रक्रियाविरुद्ध अधिकांश कर्मचारी आन्दोलित थिए । सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघमा आउने सबै खालका अवसर प्रदान गर्ने गरी संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि समायोजनमा कर्मचारी उत्साह बढेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ११ पुसमा २१ दिनको समय दिएर देशभरका कर्मचारीलाई समायोजनमा सहभागी हुन आह्वान गरेको थियो । समायोजन हुन चाहने कर्मचारीले मन्त्रालयको सफ्टवेयरमार्फत समायोजनको फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ। 

समायोजनमा निजामतीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र विभिन्न संगठित संघसंस्थाका झन्डै २ हजार गरी १ लाख ६ हजार कर्मचारी सहभागी हुनेछन् । सरकारले गत साता मात्रै तिनै तहको नयाँ संगठन संरचना र दरबन्दी स्वीकृत गरिसकेको छ ।  राजधानी दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *