मन्त्रिपरिषद्को आकस्मिक बैठकः यी हुन् ९ निर्णय

 

                                                                                 फाइल तस्विर 

असार २९, काठमाडौं । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी, पहिरो तथा डुबानमा परेकाहरुको उद्धार र राहत पुर्याउन अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । 

null

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने तथा घाइतेहरुको उपचारमा कुनै कमी हुन अत्यावश्यक राहतका कार्यहरु तदारुकताका साथ गर्ने निर्णय गरेको हो । 

प्रभाजित क्षेत्रमा प्रकोप फैलन नदिने औषधि र उपकरणसहित स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, खानेपानी, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायहरुलाई सतर्कता अपनाउन र आवश्यक कदम चाल्न समेत सरकारले निर्देशन गरको छ । 

बाढीपीडितहरुको उद्धार, राहत, उपचार एवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालय निर्देशन दिइएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *