अमेरिका र क्यानडाबीच सिमा नाका बन्द गर्ने सहमति

चैत्र ६, एजेन्सी । कोरोना भाइरसका कारण अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ । अमेरिकाका राष्ट्रपति तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै दुई देशको सीमानाका बन्द गर्ने सहमति भएको हो । 

उनीहरुले अत्यावश्यक  बाहेकका अवस्थाका लागि सीमानाका बन्द गर्ने सहमति गरेका हुन् । ‘आपसी सहमतिमा हामीले अस्थायी रुपमा उत्तरी नाका बन्द गर्दैछौं’, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले भने । बुधबारको छलफलपछि दुबै देशले नाका बन्द गर्ने सहमति गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

यो सहमतिले दुबै देशबीचको व्यापारलाई भने कुनै असर नगर्ने बताइएको छ । क्यानडाको ७५ प्रतिशत निर्यात व्यापार अमेरिकासँग रहेको छ । दुबैदेशबीच प्रतिदिन २ विलियन अमेरिकी डलर बराबरको सामान ओसारपसार हुने गरेको छ भने दैनिक २ लाख मानिसहरूको आवतजावत हुनेगर्छ । 

मार्चयता दुवै देशमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । अमेरिकामा हालसम्म यसका ८ हजार संक्रमण पुष्टि भएका छन् भने १३८ जनाको ज्यान गइसकेको छ । यसैगरी क्यानडामा ५९८ जनालाई यसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *