कोरोनासँग लड्न गुलियो पेय पदार्थ नखान, संगीत सुन्न र नाच्न डब्लुएचओको सुझाव

चैत्र १०, काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरानो भाइरस (कोभिड (१९) को उपचारमा कुनै भ्याक्सिन नबनिसकेको अवस्थामा यो भाइरस रोकथाम गर्नु या लाग्न नदिनु नै उत्तम हुन्छ । यसलाई कसरी रोकथाम गर्ने भन्ने सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही सुझाव दिएको छ । 

डब्लुएचओका अनुसार कोरोना भाइरससँग लड्न बढि गुलियो खानु हुँदैन । डब्लुएचओले खासगरी बढि गुलियो पेय पदार्थ नखान आग्रह गरेको छ । भने, संगीत सुन्न तथा नाच्न भनेको छ ।   

डव्लुएचओका प्रमुख डा. अधानोम टेड्रोसले भनेका ५ उपाय 

१. स्वस्थ र पौष्टिक आहार खानुहोस् । जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसँग कार्य गर्न सहयोग गर्दछ । 

२. मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् । 

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस (कोभिड१९)बाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ । 

४. शारीरिक व्यायाम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायाम गर्न गराउनुहोस् ।   

यदि तपाईँलाई यो बेला नियामक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसँगको दूरी राख्नुहोस । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायाम गर्नुहोस्, नाच्नुहोस् । योगा गर्नुहोस् । 

घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ । 

५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसँग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *