‘प्रदेश ५ मा आउनेहरु क्वारेन्टाइनमा गइदिनुहोला, खान बस्न व्यवस्था छ’

वैशाख ५, काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनको समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । उनले आज बिहान सामाजिक सञ्जालमार्फत् लकडाउनका समयमा हिँडडुल गर्दा कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले नजिकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन् ।  

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘घरजान भनेर प्रदेश नं. ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला, त्यहाँ खाने बस्ने व्यवस्था छ ।’ 

त्यस्तै प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तव्यसम्म समेत पुर्‍याइदिने भएको छ । 

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर ...

प्रदेश सकारले शुक्रबारदेखिनै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ । सुरुमा एक सय जनाको लागि व्यवस्था गरिएकोमा मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको बताइको छ ।  

प्रदेश सरकारको समन्वयमा पुगेका जहाँका नागरिक हुन् त्यहाँसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्ने निर्देशन मुख्यमन्त्रीबाट भइसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । 

लकडाउनका कारण अलपत्र परेका मजदुरहरु काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदल हिँडेरै आ–आफ्नो घरतर्फ लागिरहेका बेला गत आइतबार रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *