खैरहनीका वडा सदस्यको निधनकाे शोकमा नगरपालिका बन्द, ३ दिन राष्ट्रिय झण्डा आधा झुकाइने

माघ १२, चितवन । खैरहनी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तोयानाथ सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको शनिबार अपरान्ह आफ्नै निवासमा निधन भएको हो ।   

वडा सदस्य सुवेदीको निधनमा आईतवार एक दिन खैरहनी नगरपालिका र नगरपालिका अन्र्तगतका सबै वडा कार्यालयको सेवा बन्द गरिएको वडाध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए ।   

आईतबार बिहान खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको आकस्मिक बैठकले एक दिन कार्यालय र यस अन्र्तगतका वडा कार्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले बताए ।   

नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा पनि मागेको छ । साथै खैरहनी ३ को वडा कार्यालयमा ३ दिन राष्ट्रिय झन्डा आधा झुकाउने समेत निर्णय भएको छ । 

यसैबीच खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले शोक वक्तव्य जारी गर्दै वडा सदस्य सुवेदीको निधन प्रति समवेदना प्रकट गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *