बिभिन्न समस्याको उपचारको लागि कपूर अति उपयोगी
फागुन २६ । प्राय जसो कपूर हाम्रो घरमा पुजापाठ र शुद्धताको लागि प्रयोगमा धेरै ल्याईन्छ । तर कपुर औषधी को रुपमा पनी प्रयोगमा ल्याउँन सकिन्छ भनेर थोरैलाई मात्र थाहा हुन सक्छ । यसलाई औषधीको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न रोगका उपचार गर्न सकिन्छ । कपुरलाई के–के को उपचारको लागि प्रयोगमा ल्याउन सकिन्छ तल बताईएको छ ।
शारीरीक समस्या– चिसोयाममा चिसोको कारण मासंपेशीमा दुखाई हुनुको साथैं केहि शारिरीक समस्या देखापर्दछन् । दैनिक कपुरको तेलले मालिस गरेमा समस्याबाट राहत पाइनेछ ।
null
कपाल झर्ने समस्याकपालमा केमिकलको प्रयोग, तनाव लगायतका विविध कारणले गर्दा कपाल झर्ने गर्दछ । यदि कपुरको तेललाई नरिवलको तेलमा मिलाएर लगाउने हो भने कपाल झर्ने समस्या समधान भई कपाल बलियो हुन्छ ।
– मानसिक तनावअस्तव्यस्थ जीवशैलीको कारण धेरै मानिसहरु मानिसक तनावको सिकार भएका छन्, जसको कारणले धेरैनै टाउँको दुख्ने गर्दछ । दुखाईलाई निको पार्नको लागी कपुरको तेलले मसाज गर्नाले टाउँको दुखाई निको हुन्छ ।
ढाडको दुखाईअक्सर मानिसहरु चियरमा बसेर काम गर्ने कारणले उनीहरुमा ढाड दुख्ने समस्या देखिएको छ । यदि दुईवटा जति कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाउँमा लगाउनाले दुखाइ कम हुनेछ ।
खुट्टा फुट्ने समस्यातातो पानीमा कपुरलाई हालेर उक्त पानीमा खुट्टा भिजाएर सफा गर्नाले खुट्टा फुट्दैन्, त्यस्तै फुटेको छ भने पनि आराम मिल्दछ ।
त्वचाको समस्याधेरै व्यक्तिको त्वचामा पिम्पल, दाग, धब्बा जस्ता अनेकौं त्वचा सम्बन्धित समस्या देखिन्छ । यस्तो समस्याको कारण उनीहरुको सफलतामा समेत रोकावट भई उनीहरु निराश भएका छन् । यस्तो समस्या भएका व्यक्तिले कपुरको धुलोमा नरिवलको तेल मिसाई अनुहारमा मसाज गर्नाले समस्या ठिक हुन्छ । त्यस्तै शरीरको कुनै भागमा घाउँको दुखाई छ भने कपुरलाई पानीमा घोलेर लगाउनाले ठिक हुनेछ ।