पीपीएलमा घरेलु टोली पोखरा पल्टनकाे सानदार सुरूवात, विराटनगर पराजित

विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले हराउँदै घरेलु टोली पोखरा पल्टनले पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० मा विजयी सुरूवात गरेको छ। 

घरेलु टोली पोखरा पल्टनले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३९ रन बनाउन सक्यो। उसका लागि राजु रिजालले सर्वाधिक ३० रन बनाए। यस्तै एन्ड्यू सुबिसाकनले १४,सुनिल धमलाले ११ तथा प्रदिप ऐरी र जीतेन्द्र सिंह ठकुरीले समान १० रन जोडे। 

सातौ नम्बरमा आएका पुष्प थापाले ३० रन बनाउँदा कप्तान सन्दिप लामिछानेले १४ रन जोडे। जितेन्द्र मुखिया ६ रनमा आउट हुँदा साहब आलम ० रनमा नटआउट रहे। पोखराका लागि ललित राजबंशीले २ विकेट लिए।   

null

यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। 

राम्रो शुरुवात गरेको पोखराका लागि ओपनर कुशल भुर्तेल र मोहम्मद आरिफ शेखले ५३ रनको साझेदारी गरेका थिए। कुशल ३८ रनमा आउट भए । २६ बलमा ३८ रन जोड्ने क्रममा कुशलले ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मोहम्मद आरिफ शेख ५२ रनमा आउट भए। 

दोस्रो विकेटका लागि आसिफ र रवि इन्दर सिंहले ९४ रनको साझेदारी गरे। भारतीय खेलाडी रवि इन्दर सिंह ४४ रनमा आउट भएपछि आक्रमक पारी खेलेका विनोद भण्डारी ४१ रनमा नटआउट रहे। 

भण्डारीले मात्र ११ बल खेल्दै ५ छक्का र २ चौका प्रहार गरेका थिए। कप्तान शरद भेषवाकर ७ रनमा नटआउट रहे। 

विराटनगरका सन्दिप लामिछानेले २ विकेट लिए। शाहव आलमले एक विकेट लिए। 

पहिलो दिनको खेलमा दुवै टोलीबाट समान एक-एक विदेशी खेलाडीले खेलेका छन्। हरेक खेलमा कम्तिमा एक विदेशी खेलाउनु पर्ने प्रावधान अनुरुप दुवै टोलीले एक–एक खेलाडी मैदानमा उतारेका हुन्। 

पोखरा पल्टनबाट रवि इन्दर सिंहले ४४ रन बनाए भने विराटनगरका एन्टन एन्ड्रयुजले १४ रन जोडे। तीन ओभर बलिङसमेत गरेका उनले २२ रन खर्चिएका थिए। 

रवि पन्जावबाट भारतको प्रथम श्रेणीको क्रिकेट खेलिसकेका छन् भने एन्टनले भारतको तामिलनाडु प्रिमियर लिग खेलिसकेका छन्। 

भोलि प्रतियोगिता अन्तर्गत २ वटा खेल हुनेछन्। पहिलो खेलमा पारस खड्काको चितवन राइनोज्ले सोमपाल कामीको बुटबल ब्लास्टरको सामना गर्नेछ। यस्तै भोलि नै हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले दीपेन्द्र सिंह ऐरीको धनगढी एक्पर्ट भिड्नेछन्। 

मुलुकका बिभिन्न  ६ शहरका ६ फ्रेन्चाइज टिम रहेको प्रतियोगितामा १२ दिनसम्म चल्नेछ । लिगको १५, प्लेअफ र फाइनल गरेर प्रतियोगितामा कुल १७ खेल हुनेछ। 

प्रतियोगिताको विजेताले २७ लाख पाउनेछ भने उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट बलर र ब्याटम्यानले सुजुकी जिक्सर १ सय ५५ सिसिको मोटर साइकल पाउने छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *