हावाहुरी पीडितलाई  एनआईसी एशिया बैंककाे तर्फबाट दुई लाख सहयोग 

 

असार १८, कञ्चनपुर । एनआईसि एशिया बैंकले कैलाली, कञ्चनपुर लगायतका जिल्लामा हावाहुरीका कारण पीडित बनेका परिवारको पुर्नस्थापनाकाे लागि  दुई लाख सहयोग  आर्थिक सहयोग गरेको छ । 

बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान गर्ने नीति अनुसार उक्त सहयोग गरिएको हो । 

null

पछिल्लो समय एनआईसि एशिया बैंक जनसेवामा समेत जोडिएर आफ्नो बैंकिङ सुविधा बढाउँदै गएको छ । सामाजिक सहयोगको कार्यक्रम अनुसार बैंकले जेष्ठ २३ गते आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा पुर्याएको क्षतिप्रति दुुःख व्यक्त गर्दै सो घटनाबाट पीडित परिवारको पुर्नस्थापनाका लागि धनगढी उप–महानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप उक्त दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएकाे हाे ।  

उक्त सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । त्यस्तो किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने धनगढी उप–महानगरपालिकाका प्रमुख ओडले विश्वास व्यक्त गरेका छन । 

एनआईसी एशिया बैंकले गरेको उक्त सहयोगले त्यस क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने अपेक्षा गरिएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान हुँदै आएका छन । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *