कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५३ हजार बढि, सबैभन्दा बढि प्रभावित अमेरिकामा

चैत्र २१, काठमाडौं । विश्वभर फैलिइरहेको कोरोना भाइरस महामारीबाट अहिलेसम्म ५३ हजारको मृत्यु भएको छ । हिजोसम्ममा विश्वभर ५३,१६७ जनाको मृत्यु भएको छ । भने, हालसम्म प्रभावित हुनेहरुको संख्या १,०१५, ०५९ पुगेको छ ।   

कोरोनाका कारण सबैभन्दा बढि प्रभावित हुनेहरुमा अमेरिकी रहेका छन् । अमेरिकामा आजसम्म २,४४,८७७ जना प्रभावित भएकोमा ६,०७० को मृत्यु भइसकेको छ । अमेरिकापछि दोस्रो स्थानमा छ इटाली । इटालीमा अहिलेसम्म १३, ९१५ को मृत्यु हुँदा १,१५,२४२ प्रभावित छन् ।   

इटालीपछि स्पेनमा सबैभन्दा बढि प्रभावित देखिएको छ । स्पेनमा १०,३४८ को मृत्यु हुँदा १,१२,०६५ प्रभावित भएका छन् । जर्मनीमा १,१०७ को मृत्यु भएको छ । चीनमा ३,३१८ को मृत्यु हुँदा फ्रान्समा ५,३८७, इरानमा ३,१६०, बेलायतमा २,९२१, स्विजरलेण्डमा ५३६, टर्कीमा ३५६, बेल्जियममा १,०११ र नेदरल्याण्डमा १,३३९ जनाको मृत्यु भएको छ ।   

छिमेकी मुलुक भारतमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । भने, २,५४३ जना प्रभावित रहेका छन् । नेपालमा हिजोसम्म ६ जना प्रभावित देखिएकोमा एक जना उपचार पछि निको भइसकेका छन् । बाँकी ५ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।   

चीनको उहानबाट चार महिना अघि शुरु भएको कोभिड १९ अहिले विश्वमा १० लाख भन्दा बढि प्रभावित छन् । रिकभर हुनेको संख्या २,१२,०३५ रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *