चोरीमा संलग्न पाकिस्तानी दम्पत्ती प्रहरीको फन्दामा

 

जेठ १, काठमाडौँ । सात महिना अघी नेपाल भित्रिएका एक पाकिस्तानी दाम्पत्तीले नेपालमा चोरी आतंक मच्चाउन थालेपछी उनीहरु पक्राउ परेका छन् । 

राहदानी नं क्यूडब्लू ४१०२६४३ वाहतक मोसिन खान र एइ ०११०९४३ वाहक पूजा मोसिन खानलाई काठमाडौँको सिनामंगलबाट नियन्त्रणमा लिईएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । 

null

पक्राउ परेका उनीहरुमाथी बिभिन्न बाहाना बनाई काठमाडौँको बिभिन्न स्थानमा चोरी गरेको आरोप छ । यी दम्पत्तीले डलरको बहाना गरेर नेपालको सबैभन्दा ठूलो नोट हेरौं भन्दै एक हजार दरको नोटको विटो देखाउन लगाएर चोरी गरेको र उस्तै ढंगबाट अन्य स्थानमा पनि चोरी गरेको प्रहरीले जनाएका छन् । 

उनीहरुले भक्तपुरको सूर्यविनायकबाट ३० हजार, लोकन्थली हेका किचन स्टोर्सबाट ७० हजार रुपैयाँ चोरी गरेको प्रहरीले उल्लेख गरेको छ । उनीहरूले रुपन्देहीको राइजिङ स्पोर्टस् ग्यालीबाट पनि १ लाख ५० हजार रुपैयाँ चोरीको प्रयास गरेको प्रहरीले जनाएका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट ५० दरका १७ र एक सय दरका २१ थान यूएस डलर, पाकिस्तानी मुद्रा ८ सय र नेपाली रुपैयाँ एक लाख ३७ हजार ५ सय फेला पारिएको छ । 

पक्राउ परेका यी दाम्पतीमाथी आवश्यक अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *