आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

माघ ७, काठमाडौँ । बारामा प्रहरीले आफ्नै ३२ वर्षिय श्रीमतीको हत्या गर्ने एक श्रीमानलाई पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार श्रीमतीको हत्याको आरोपमा बाराका  पचरौता नगरपालिका १ पिपरपाती टोलका रामयाद  महतोलाई पक्राउ गरिएको हो ।   

शुक्रबार श्रीमती  मालती देवी नुनियाको हत्या गरी जमुनी नदी किनारमा जलाई फरार रहेका  रामयादलाई आईतबार बाराबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो । 

Image result for श्रीमान् पक्राउ

शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा घटनास्थल प्रहरी पुग्दा जल्दै गरेको अवस्थामा प्रहरीले नुनियाको शव फेला पारेको थियो ।   

पक्राउ परेका  रामयादमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *