यी कारणले हुन सक्छ थाइराइड

 

चैत्र १९ ।  थाइराइड एउटा जटिल रोग हो । थाइराइडको समस्या दिनप्रति दिन बढ्दै गई रहेको छ । आजभोली यो रोग सामान्य जस्तो बनिसकेको छ । यो रोग पुरुषको तुलनामा महिलाई बढी लाग्ने हुन्छ । यो रोग मानिसले धेरै तनाव लिंदा, खानामा आयोडिनको कम वा धेरै प्रयोग हुँदा, एन्टिबायोटिकको असर र बंशानुगत गुणका कारण पनि यो रोग लाग्ने गर्छ । यदी महिलाहरुलाई यो रोग लागेमा उनीहरुबाट बच्चा नहुने सम्भावना बढी हुन्छ । यी तलको चिजहरु सेवन गर्दा ध्यान दिएमा यो रोगबाट बच्न सकिन्छ 

रातो मासु : थाइराइड हुनेहरुका लागि रातो मासु घातक हुन्छ । रातो मासुमा कोलस्ट्रोल र फ्याट धेरै हुने भएकाले यसले तौल बढाउने गर्छ । जसका कारण समस्या झन् बढ्छ । 

null

आयोडिन : आयोडिनको कमी वा बढी दुवैमा थाइराइडको समस्या देखिने भएकाले खानामा यसको मात्रा मिलाएर खानुपर्छ । थाइराइड ग्ल्याणले आयोडिनलाई लिएर थाइराइड हर्मोन उत्पादन गर्छ । त्यसैले हाइपोथाइराइड भएमा आयोडिनयुक्त खाना कम खानुपर्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ । 

 वनस्पति घ्यू : वनस्पति घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू वजारमा भएका होटलआदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस् । 

कफि : कफि थाइराइड भएका विरामीहरुका लागि पीडादायक पेयपदार्थ हो । यसले दुखाई बढाउने काम गर्छ । बेचैनी तथा अनिन्द्रा जस्ता समस्याहरु पनि निम्त्याउँने काम गर्छ । तर कफिले सिधै थाइराइड भने बढाउँदैन । 

रक्सी : थाइराइड भएकालाई रक्सी , बीयर आदीले निकै प्रभावित गर्छ । यसले गर्दा शरीरिक उर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत समस्या बढ्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *