पाँचथरमा ९ जनाको हत्यासँगै एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

 

जेठ ७, फिदिम । २ परिवारका ९ जनाको हत्याभएको पाँचथरमा सोही स्थानमा एक अपरिचित पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे गाउँमा ९ जनाको हत्या भएको केही समयमा सोही स्थानमा एक नाम, वतन खुल्न नसकिएको एक अपरिचित पुरुषको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । 

null

स्थानीयवासीले उक्त पुरूष रुखमा झुण्डिएको देखेपछि  प्रहरीलाई खबर गरेको यस गाउँकी वडाध्यक्ष उर्मिला राईकाले बताएकी छिन् । 

यस घटनाको जानकारी पाएपछी प्रहरी यस स्थानतर्फ गईसकेको र उनको हत्या गरिएको कि उनले आत्महत्या गरिएको भन्ने अनुसन्धानपछी खुल्ने प्रहरी जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *