पेट्रोलियम व्यवसायी द्धारा श्रम ऐन कार्यान्वयन गर्न परिपत्र 

काठमाण्डौं, भाद्र ४ । पेट्रोलियम डिलर्स एशोसिएशनले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ कार्यान्वयन गर्न मातहतका डिलरहरु ९ पेट्रोल पम्पहरुलाई परिपत्र जारि गरेको छ ।

वागमती पेट्रोलियम डिलर्स एशोसिएशनले श्रावण १ गते देखिनै लागु हुने गरि पेट्रोलियम क्षेत्रमा कार्यरत श्रमिकहरुको पारिश्रमिक सहितसेवा सुविधा वृद्धि गर्न मातहतका डिलरहरु ९ पेट्रोल पम्पहरुलाई परिपत्र जारि गरेको हो ।

वागमती पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष अच्युत वहादुर खड्का द्धारा हस्ताक्षरित पत्रमा न्युतमा पारिश्रमिक महँगी भत्ता सञ्चय कोष ८।३३ प्रतिशत उपदान,७ लाख वरावर दुर्घटना विमा १ लाख वरावरको औषधी उपचार विमा, चाडँ पर्व खर्च वापत एक पहिनाको पारिश्रमिक लगायतका सेवा सुविधाहरु प्रदान गर्ने निर्देशन दिएको छ ।
नयाँ श्रम श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ आुसमर श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुगेको हो ।
यसअघि मजदुरको न्यूनतम ज्याला ९ हजार ७ सय रुपैयाँ मात्रै थियो । यसअघिको तुलनामा ३७ सय ५० रुपैयाँले बढाइएको हो ।

उक्त परिपत्र स्वागत योग्य रहेको भन्दै अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोख्रेलले सवै पेट्रोलियम व्यवसायीहरु कानुनि दायरामा आउँनु पर्ने, कोहि कसैले अटेर गरि कार्यान्वयन नगरे उक्त व्यवसायीहरुलाई कानुनि दायरमा ल्याउने जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *