बिराटनगरका मेयरद्धारा विकास निर्माणको अनुगमन

 

मंसिर २६, बिराटनगर । बिराटनगर महानगरले नगरका बिभिन्न स्थानमा बनेका कालोपत्रे सडकको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । 

एसियाली विकास बैंकको सहयोगमा चलिरहेको मझौला शहरको एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रिय शहरी विकास परियोजना अन्तर्गत बनेका सडक, ढल र नालाको बिराटनगर महानगरका मेयर भिम पराजुलीले अनुगमन गरे । अगुगमनमा निस्कीएका मेयर पराजुलीले समय सिमा भित्रै परियोजना अन्तर्गतका सडकहरु सम्पन्न गर्न निर्देशन समेत दिए । 

null

 

बिराटनगर स्थित रोडशेष हुँदै ट्राफिकचोक सम्म बन्दै गरेको झण्डै १ किलोमिटर र धरमबाध रोडमा बनेका ३ किलोमिटर कालोपत्रे सडकहरुको अनुगमन गरेका थिए । अनुगमन गर्दे मेयर पराजुलीले स्तरिय सडक बनाउन आफुले सडकको स्तर र नाप अनुरुप काम भए नभएको अनुगमन गरिरहेको जानकारी दिए । 

परियोजना व्यवस्थापक भरत न्यौपानेले समयसिमा भित्रै परियोजना अन्तगर्त परेका सबै सडकहरु कालोपत्रे बनाउने कार्य सकिने बताए । उनले ढल ,नाला र सडक निर्माणकार्य द्रूत गतिमा अगाडी बढिरहेको दाबी गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *