भोलिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्दै साउदी
मकालु खबर
२०७६ चैत १ गते
चैत १, काठमाडौं । साउदी अरेबियाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ ।
साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले आज (शनिबार) गरेको निर्णयअनुसार आइतबार स्थानीय समय बिहान ११ बजेदेखि आफ्नो मुलुकमा दुई हप्तासम्म कुनै अन्तर्राष्ट्रिय उडान गर्न दिइने छैन ।
विशेष परिस्थितिमा आएमा भने प्रतिबन्ध नलगाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस अवधिका स्वदेश फर्कन नसक्नेका लागि बिदा दिने निर्णय पनि साउदी सरकारले गरेको छ ।
यसअघि साउदी अरबले युरोपेली युनियनअन्तर्गतका सबै र एसिया र अफ्रिकाका १२ वटा देशका यात्रुलाई प्रवेशमा रोक लगाइसकेको छ।
शनिबार बिहानसम्म साउदी अरबमा ८६ जनामा संक्रमण देखिएको छ।
मकालु खबर
२०७६ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित