प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक, साङ्गठनिक एकता मूख्य एजेन्डा

भदौ ९, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर गएपछि अर्का अध्यक्ष ‘प्रचण्ड’ले पहिलो पटक पार्टीको बैठक बोलाएका हुन् ।   

बैठक सोमबार (आज) दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने छ । बैठकको मूख्य एजेन्डा साङ्गठनिक एकता रहेको बताइएको छ ।  प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बस्ने र एकताका बाँकी काम टुंग्याउने निर्णय भएको थियो ।   

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजन कार्यसूचीमा निर्णय हुन बाँकी नै छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएकाले ओली नफर्किँदासम्म पार्टीले यसबीचमा गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी यसअघिको बैठकमा भएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *