प्रदेश १ सरकारको बजेट चुनावी सरकार जस्तो: प्रमुख प्रतिपक्षी

 

असार ४, विराटनगर ।  प्रदेश नं. १ को सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट चुनावी सरकाले ल्याउने बजेस जस्तो भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । 

नेपाली कांग्रेसका प्रमु सचेतक केदार कार्कीले जनतालाई भ्रममा पारी चुनाव जित्ने गरी चुनावी सरकारले ल्याउने बजेट जस्तो प्रदेश सरकारले बजेट ल्याएको आरोप लगाएका हुन् । उनले भने, ‘पहिले पहिलेका सरकारले चुनावको मुखमा जनतालाई खुशि पार्ने गरी जनतालाई भ्रम छरी भोट बटुल्न बजेट ल्याउँथ्यो । अहिले ठ्याक्कै सोही पारको बजेट प्रदेश सरकारले ल्याएको छ ।’ 

null

उनले प्रदेश सरकारले ल्याएको बजेट महत्वकांक्षी रहेको बताउँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गरे । प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले साना तिना कार्यक्रमका लागि पनि गाउँपालिकाले ल्याउने बजेट जस्तो भएको दावी गरे । उनले भने,‘३ ला ४ लाख का कार्यक्रमहरु पनि प्रदेश सरकारले ल्याएको छ । यो गाउँपालिकाहरुले ल्याउने बजेट हो । यति साना तिना कार्यक्रम त गाउँपालिकालेनै ल्याइहाल्छ नी प्रदेश सरकार किन चाहियो उसो भए ।’ 

उनले अधिकांश बजेटले समेटेका कार्यक्रमहरु कार्यकर्तालाई बाँड्ने खर्च भएको आरोप लगाए । उनले भने,‘ यो वर्ष असार सकिँन लाग्दा सम्म पनि प्रदेश सरकारको बजेट खर्च २९ प्रतिशत मात्र छ । अब अर्को वर्षका लागि ल्याइएको बजेटमा केही बृद्धि होला, त्यो पनि कार्यकर्तालाई बाँडेर । उत्पादन मुलकमा खर्च हुन सक्छ भन्ने मलाई लाग्दैन । विकास हुने खर्च देखिँदैन ।’ 

त्यस्तै प्रदेशको अर्को प्रतिपक्षी दल समाजवादी पार्टी नेपालले पनि बजेट महत्वकांक्षी रहेको बताएको छ । सो पार्टीकाम प्रदेश नं. १ संसदीय दलका नेता जयराम यादवले बजेटले सवै विषयवस्तु समेटेको भएपनि कार्यान्वयनमा शंका भएको बताए । उनले भने,‘बजेट राम्रो छ । सफल कर्यान्वयन होस् हाम्रो शुभकामना छ, तर कार्यान्वयन चाँही गर्न सक्नुपर्छ ।’ उनले तराई मधेशमा भन्दा भित्रि मधेशदेखि माथिका लागि बजेट बढी ल्याइएको आरोप लगाए 

बजेट कार्यान्वयन नभए राम्रो प्रवचन मात्र: उद्योगी व्यवसायी प्रदेश नं. १ का उद्योगी व्यवसायीले चालु आर्थिक वर्षको हाल सम्म प्रदेश सरकारले २९ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको बताउँदै ४२ अर्बको महत्वकांक्षी बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने,‘बजेटले सवै कुरालाई समेटेको छ । निजि क्षेत्रलाई पनि महत्व दिएको छ । कृषि उद्यमलाई प्रथामिकता दिएको छ । निजि क्षेत्रसँग साझेदारी, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थललाई सम्झेको छ । सुनसरीको अमडुवाललाई औद्योगीक ग्रामाका रुपमा विकास गर्न बजेट बिनियोजन गरेको छ । विराटनगर रिंग रोड र एयपोर्ट सम्झेको छ । कृषि पर्यटन प्रथामिकतामा छन् । पहाडी क्षेत्रका कृषि उत्पादनमा प्रथामिकतामा राखेको छ ।’ 

अध्यक्ष घिमिरेले प्रदेश सरकारका सवै कार्यक्रम राम्रा भए पनि कार्यान्वयन पक्ष कमजो रहेको बताउँदै भने,’ सवै राम्रा हुँदा हुँदै पनि कार्यान्वयन पक्ष कमजोर छ । यो वर्ष अहिले सम्म पनि २९ प्रतिशत मात्र खर्च भएको छ । कार्यान्वयन भएन भने राम्रो प्रवचन मात्र बन्छ । त्यो प्रवचनको अर्थ रहँदैन । 

हामी राम्रो कुरालाई समर्थन र सहयोग गर्न तयार छौँ । सरकारले कार्यान्वयन पक्ष चाँहि दरविलो बनाउनु पर्यो । विश्वासीलो पार्नु पर्यो । हामीले बजेटबाट उत्साहित भएपनी कार्यान्वयनमा आउँछ भन्नेमा शंका छ । यो वर्षको जस्तै सँधैभरी भयोभने सरकारप्रतिनै शंका हुन्छ । तर, यो वर्ष राम्रो होला भन्नेमा हामी आशाबादीछौँ । 

यस्तै मोरङ चेम्बर अफ कमर्शका अध्यक्ष सुरेसमान श्रेष्ठले चालु आर्थिक बर्षका लागि ल्याइएको बजेट पनि कार्यान्वयमा फिलतो भएकाले आगामी वर्षपनि त्यस्तै भयो भने राम्रो अर्थ नरहने बताए । 

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले पनि बजेट सकारात्मक भएपनि कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *