मापसे गरेर सवारी चलाउँदा शनिबार विहानै जमलमा भयाे डरलाग्दाे दुर्घटना

 

असार १४, काठमाडौं । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा जमलमा एउटा कार डरलाग्दाे दुर्घटनामा परेकाे छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन । 

दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । 

null

 

‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि सबै सकुशल छन्,’ दरबारमार्ग प्रहरीले भनेकाे झ ‘कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ ।’ उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । 

दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछिटि्टएको छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ । दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *