चितवनमा वन्यजन्तु सप्ताह शुरू: सरसफाईलाई जोड

 

बैशाख १, चितवन । चितवन राष्ट्रिय निकुञ्जसहित विभिन्न संघसंस्थाहरुको आयोजनामा आईतवारदेखी चितवनमा वन्यजन्तु सप्ताह सुरु भएको छ । मृगकुञ्ज उपभोक्ता समितिको अगुवाइमा सौराहामा क्रियाशिल विभिन्न २४ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा वन्यजन्तु सप्ताह सुरु गरिएको हो । 

सौराहामा प्रत्येक वर्ष वैशाख १ गतेदेखी वन्यजन्तु सप्ताह मनाईदै आएको छ । सप्ताहको पहिलो दिन निकुञ्ज पूर्वी सेक्टर सौराहामा झन्डोत्तलनका साथै प्लास्टिक न्युनिकरण सम्वन्धी सचेतना र्यालि तथा घरदैलो कार्यक्रम गरिएको छ । पूर्वी सेक्टर प्रमुख ऋषि रानाभाटले झन्डोत्तलन गरि सप्ताहको सुभारम्भ गरे । 

null

सप्ताहको उद्घाटन गर्दै सहायक संरक्षण अधिकृत समेत रहेका पूर्वी सेक्टर प्रमुख रानाभाटले स्थानीयवासीको सहयोगले मात्रै वन र वन्यजन्तुको संरक्षण भई द्धन्द्ध न्युनिकरण हुने वताए । साथै सहायक संरक्षण अधिकृत रानाभाटले वातावरण स्वच्छ राख्न प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए । उद्घाटन कार्यक्रममा क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे , राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल, मृगकुञ्ज उपभोक्ता समितीका अध्यक्ष बासुदेव ढुङ्गाना लगायतले समुदाय र निकुञ्जबीचको समन्वयले वन्यजन्तुको संरक्षणमा टेवा पुगेको बताएका थिए । 

 

बाघ संरक्षण उपसमितिका अध्यक्ष जित बहादुर तामाङका अनुसार सप्ताहको दोश्रो दिन वैशाख २ गते राप्ती डुंगाघाट र आगन्तुक केन्द्र वरपर, टिकौली, मिलीजुली, चिनसेन, बाघमारा, खोरसोर वन क्षेत्रमा सरसफाई गरिने छ । ३ गते वुढीराप्ती खोला सरसफाई,४ गते चरा अवलोकन,५ गते सरोकारवालाबीच संरक्षणमुलक अर्न्तक्रिया ,फोटो प्रर्दशनी,६ गते विद्यार्थीका लागि वातावरणमैत्री चेतनामुलक निकुञ्ज अवलोकन र ७ गते गोहीको मूर्ती अनावरण तथा वन्यजन्तु सप्ताह समापन कार्यक्रम रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *