पाँच किलो चरेश सहित गुर्जुधाराबाट चार जना पक्राउ

कात्तिक १५, काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग वलम्वुको संयुक्त टोलीले पाँच किलो ६० ग्राम अवैध चरेशसहित चार जनालाई पक्राउ गरेको छ । 

राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं १२ गर्जुधारास्थित विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग वलम्वुको संयुक्त टोलीले अवैध पाँच किलो ६० ग्राम अवैध चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो । 

प्रकाउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउपालिका वडा नं ८ किरानचोक बस्ने १९ वर्षीय दिनेश तामाङ, २५ वर्षीय राम बहादुर लोप्चन, १८ वर्षीय विक्रम लोप्चन र २७ वर्षीय विकास तामाङ रहेका छन् । 

null

 

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि प्रारम्भिक अनुसन्धानबाट धादिङ जिल्लाबाट अवैध चरेश ओसार पसार गरेर ल्याएको भेटिएको प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताए । 

पक्राउ परेका चार जनालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्धा चलाईने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *