‘मिडियाले सरकारलाई लोकतन्त्र विरोधी देखाउने प्रयास गरे’
बैशाख २०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमले तत्कालीन सरकारलाई लोकतन्त्रविरोधी देखाउने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले सञ्चार माध्यमप्रति आक्रोश पोखेका हुन् ।
null
कार्यक्रममा उनले भने, ‘सञ्चार माध्यमले बाटो बिराएका छन् । लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको छ ।’
नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बाँस्कोटाको तर्क छ । मन्त्री बाँस्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न पनि सबैलाई आग्रह गरे।