उपनिर्वाचनका लागि सत्तारुढ नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा

भाद्र २६, काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधि नभएका स्थानमा उपनिर्वाचन गर्ने तयारीसँगै दल दर्ता गर्ने काम सुरु भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ । 

पार्टीले आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि बिहानै आयोगमा दल दर्ताको निवेदन दिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले एक  दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा निवेदन प्रस्तुत गरिएको बताएका छन् ।  दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटा, इश्वरी रिजाल, श्रीरामजी ढकाल लगायत नेता बिहान आयोग पुगेका थिए । 

निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो । नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो ।   

Image result for nekapa nepal

विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । आयोगले भाद्र २४ गते उपनिर्वाचनको कार्यसूचि प्रकाशित गरेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *