सुनसरीका ३ सञ्चारकर्मी सहित ५ जना सम्मानित

 

जेठ १, धरान । सुनसरीको धरानबाट प्रकाशित दिब्य रोशनी साप्ताहिक पत्रिकाको १५ औं वार्षिकोत्सवको अवसरमा ३ जना सञ्चारकर्मी सहित ५ जनालाई सम्मान गरेको छ । आज बुधबार धरानमा आयोजित एक कार्यक्रममा ५ जनालाई सम्मान गरिएको हो । 

कार्यक्रममा सम्पादक÷प्रकाशक राईले आफ्ना दिवंगत बुवा क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको ‘उत्कृष्ट सामाजिक पत्रकारीता सम्मान’ अन्नपूर्ण पोस्टका धरान संवाददाता रत्नप्रसाद आचार्य र प्रबोध साप्ताहिककी प्रधान सम्पादक जमुनादेवी श्रेष्ठलाई सम्मान गरिएको थियो । 

null

महाप्रतिवाद साप्ताहिकका प्रधानसम्पादक तारा लामगादेलाई सम्पादकका दिवंगत कान्छा दाजु स्व. बाजुन राईको स्मृतिमा स्थापना गरेको ‘श्रृजनशील युवा पत्रकारीता पुरस्कार’ प्रदान गरिएको थियो । सम्मानीत हुनेहरुलाई सम्मान पत्रका साथै जनही नगद ५ हजार ५ सय ५ रुपैंयाँ प्रदान गरिएको थियो । 

त्यस्तै उत्कृष्ट सामाजिक अभियन्ता सम्मानबाट सेवक अभियानका अभियन्ता राजीव हलुवाई र महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई सम्मानित भए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष बिक्रम लुईटेल, अग्रज पत्रकार हर्ष सुब्बा, सम्पादक मनिता चाम्लिङले सम्मानीत सबैलाई सम्मान–पत्र र खदा लगाएर सम्मान गरेका थिए ।कार्यक्रममा सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । जहाँ अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले कार्यपत्र प्रस्तुत गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका संस्थापक पूर्व सभापति तथा नेपाल प्रेस काउन्सिलका पूर्व केन्द्रीय सदस्य गिरीराज आचार्य, पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का धरान शाखा प्रमुख मान बहादुर दियाली, दिब्यरोशनी साप्ताहिकका प्रबन्ध निर्देशक सागर सिंजाली, समाजसेवी श्रेष्ठ जय (शान्ति), समाजसेवी शुभ राई, सुमित्रा राई, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *