प्रशासनद्वारा सिन्धुपाल्चोकको बाह्रबिसेमा निषेधाज्ञा

माघ ५, सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बजार क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको विरोधमा स्थानीयले हुलदङ्गा र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञा जारी गरेको हो। 

नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घर–टहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । 

Image result for सिन्धुपाल्चोक

सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौँदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घर–टहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *