मोनिका र सृष्टिले सञ्चालनमा ल्याइन् रिलायवल होम केयर

चैत ४, विराटनगर । साधारण भाषामा होम हेल्थ केयर सर्भिस भन्नाले हस्पिटलमा पाउने उपचार पाइसकेपछि घरैमा बसेर दिइने स्वास्थ्य सेवा र सुविधा भन्ने बुझिन्छ । 

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण समय सबैका लागि महत्वपूर्ण भएको छ । अधिकांश घरमा जीवन धान्नका लागि गरिखानु पर्ने हुन्छ । घरमा रहेका बिरामी वृद्धवृद्धाहरुलाई छाडेर कार्यालय या कुनै रोजगारीका लागि घर बाहिर निस्कनुपर्ने अवस्था बढ्दो छ ।   

पछिल्लो पुस्ताहरुमा घरका छोरा मान्छे मात्रै नभएर छोरीहरु पनि घर बाहिरको काम गर्न थालेसँगै घरमा बसेर वृद्धवृद्धाहरु होस् या बिरामी परेका आफ्नो मान्छेलाई छोडेर काममा जानुपर्ने परिस्थितिहरु आएका छन् ।   

वर्तमान समयलाई मध्यनजर गरेर विराटनगर ६ बरगाछीमा गत फागुन २ गते देखि रिलायवल होम केयर संचालनमा आएकोे छ । ४ वर्ष देखि नर्सिङ सेवाबाट अनुभव बटुलेका मोनिका रेग्मी र सृष्टी चापागाईले उक्त सेवा सञ्चालनमा ल्याएका हुन् । 

सृष्टी चापागाईको पहिले देखिकै सोंच वृद्ध आश्रम नै निर्माण गर्ने रहेको बताइन् वृद्धा आश्रम एकै चोटी संचालन गर्न गाह्रो हुने भएकाले पहिले सेवा सुविधा प्रदान गर्दै केहि समय पश्चात वृद्ध आश्रम खोल्ने र यही होम केयरबाट वृद्ध आश्रम खोल्न सहज हुने भएकाले संस्था संचालनमा ल्याएको उनले बताइन । 

मोनिका रेग्मी र सृष्टि चापागाई सहपाठि साथी भएकाले भिजन लगभग एउटै मिल्न गएकाले मोनिकाले बताइन् । ‘म काम गर्ने सिसिलामा मानसिक रोगीको अस्पताल पुगे त्यहाँ के कारणले मानसिक रोगी भएर अस्पताल आइपुग्दा रहेछन भन्ने थाहा भयो, उनले भनिन् । अधिकांश वृृद्धहरुले घरमा परिवारले वेवास्ता गरेको, समयमा उपचार नपाएको छोराछोरीले समय दिन नपाएको कारणले गर्दा विस्तारै मानसिक सन्तुलन गुमाएर मानसिक सन्तुलन आउनुपर्ने अवस्था देखेपश्चात घरमा नै सेवा दिन पाए यस्ता विविध कारणले मानसिक रोगी हुनबाट बच्ने थियो भन्ने लागेर नै होम केयर संचालनमा ल्याएको उनले बताईन ।   

त्यस्तै रिलायबल होम केयरले हाडजोर्नीको विरामी, न्युरोको केस भएका विरामीहरुको  उपचार लामो समय हुन्छ जुन सेमिप्याराइज भएका बिरामीहरु जो चाहिं आफै हिड्डुल गर्न सकिरहेका हुँदैनन्  त्यस्ता खाल्को विरामीहरुका लागि नर्सिङ सेवाको आवश्यकता हुने भएकाले अस्पताल बस्न जरुरी नभएको र लामो समय अस्पतालमा नै बस्दा बिरामीलाई थप इन्फेक्सन हुने भएकाले घरमा नै बसेर अस्पतालमा नर्सले दिइने सेवा, विरामीको समय तालिका अनुसार स्वास्थ्य सेवा दिइन्छ ।   

अर्थाे न्युरोका विरामीहरुको शरीर कसरी राख्ने भन्ने अरुलाई थाहा नहुने भएकाले डाक्टरको सल्लाह बमोजिम नर्सहरुले शरीरको अवस्था मिलाइदिने कामहरु गर्दछ । प्यारालाइसिसका विरामीहरुले आफै खान खान नसक्ने हुँदा टयुवको माध्यमबाट खाना खुवाइदिने काम गर्नुपर्छ ।   

त्यसमा पनि बिरामीलाई असौत कति मात्रामा खुवाउने भन्ने नर्सहरुलाई प्राविधिक ज्ञान भएकाले यही चिजहरु पोष्ट ट्रिटमेन्ट घरमा गएर बसेका बिरामीहरुलाई गरिने सेवा हो होम हेल्थ केयर सर्भिस । रिलायवल होम केयर सर्भिस सेन्टर पूर्वाञ्चलमा पहिलो संस्था हो । नयाँ संस्था भएकाले चुनौती धेरै नै रहेको संस्थाकी संचालक मोनिका रेग्मीले बताइन् ।   

उनको अनुसार चुनौतीलाई नै लिएर यो संस्थालाई कसरी सबै समक्ष पु¥याउने र सेवा कसरी प्रदान गर्ने भन्ने विषय पहिलो प्राथमिकता रहेको छ । सृष्टी चापागाईको अनुसार संस्था नयाँ भएकाले धेरै बिरामीका र बिरामीका आफन्तहरुलाई प्रष्टसग बुझाउन सकिरहेको अवस्था छैन ।   

उनले भनिन् ‘अहिले हामीले २५ जना मेडिकल प्रोफेसनलसहरु जस्तै नर्स, हेल्थ असिस्टेन, मेडिकल अफिसर गरेर २५ जना स्टाफहरुबाट यो संस्था सुरु गरेका छौ ।’ कुनै लामो समयको रोग लागेका विरामीहरुको घरमा नै कुनै कन्सल्टेन्टलाई बोलाएर घरमा नै सेवा सुविधा लिने इच्छा व्यक्त गरे ओ पि डि का लागि हस्पिटल जान नसक्ने बिरामीका लागि कन्सलटेन्टलाई घरमा नै लगेर केहि शुल्क लिएर सेवा दिने व्यवस्था रहेको चापागाईले जानकारी दिइन् । 

संस्थाले दिने सेवाहरु 

संस्थाको पहिलो प्राथमिकता नर्सिङ सेवा रहेको छ । फिजियो थेरापि सेवा, (अर्थो र न्युरोको बिरामीहरुका लागि) जुन बिरामीका लागि लामो समयसम्म फिजियो थेरापि चलिरहने भएकाले उक्त सेवा रहने छ ।   

फिजियो थेरापीका लागि प्राविधिक या फिजियो थेरापिको समाग्रि सेवा चाहिएमा बिरामीको घरमा गएर समय तालिका अनुसार सेवा दिइने व्यवस्था रहेको छ । बिरामीका लागि  एम्बुलेन्स सेवा पनि रहेको छ । बच्चाहरुलाई घरमा नै गएर खोप दिइने सेवा रहेको छ । भने घरमा बसेर बिरामी वच्चा, वृद्धहरुको हेरचाह गर्न नसक्ने अवस्था छ भने घरमा गएर सेवा प्रदान गर्ने व्यवस्था रहेको छ ।   

बिरामीहरुले हस्पिटलमा आएर रगत जाँच गर्न नसकेको अवस्थामा घरमा आएर डाक्टरले लेखिदिए अनुसार जाँच गर्ने सेवा रहेको छ । घरमा कोही नभएको अवस्थामा औषधी ल्याउन पर्यो भने फामेर्सीले दिने मूल्यमा घरसम्म पु¥याउने व्यवस्था रहेको छ जसको यातायात शुल्क भने केहि तिर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *