मोरङ रमिला हत्याकाण्डको रहस्य खुल्यो
चैत्र २०, काठमाण्डौँ । करिब एक महिना अगाडी हत्या भएकी मोरङकी २६ वर्षिय रमिलाको हत्या हुनुको रहस्य खुलको छ । उनलाई उनकै प्रेमी योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालेका थिए । हत्या भएको २६ दिनपछी प्रहरीको अर्थक प्रयासपछी उनको शव बोराभित्र बेरीरिएको अवस्थामा भेटिएको थियाे ।
हत्यारा गुरुङ राजनीति र सामाजिक कार्यमा उच्च छविका व्यक्ती हुनुको साथै उनको श्रीमती र दुई छोरा थिए । लामो समय सम्म रमिलाको प्रेम सम्बन्धमा रहे पनी उनी रमिलालाई बिहे गर्न भने चाहदैँन थिए । तर रमिला बारम्बार उनलाई बिवाहको दबाव तथा धम्की दिई रहने भएकोले ईज्जत गुम्ने डरले हत्या गरिएको उनले प्रहरीलाइ दिएकाे बयानमा खुल्न आएको छ ।
null
गुरुङ्गले फागुन १७ गते बेलुका आफनै घरमा रमिलाको हत्या गरी रमिलाको शवलाई बोरामा हाली कोशी ब्यारेजमा फालेका थिए । प्रहरी अनुसन्धानबाट योगेन्द्रले रमिलाको हत्या गरेको हुनसक्ने प्रमाण भेटाएपछी उनलाई पक्राउ गरी अनुसन्धान अघी बढाएको थियो । प्रहरीले जानकारी दिए अनुसार हाल गुरुङ्गलाई कर्तव्य ज्यानमा अनुसन्धान समेत पुरा गरेर मिसिल सरकारी वकिलको कार्यालयमा मंगलबार बुझाइ सकिएकाे छ ।