नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

कात्तिक २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै विभिन्न विषयमा प्लस टू योग्यतादेखि स्नात्तोकत्तर योग्यता भएकालाई प्रशासन र प्राविधिक पदमा १ सय १४ जनाका लागि आवेदन माग गरिएको जानकारी गराएको छ । 

कात्तिक २९ देखि मंसिर १९ गतेसम्म अनलाइन दरखास्त फाराम भर्न आव्हान गरिएकोमा दोब्बर दस्तुर तिरी मंसिर २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । 

null

सहायक तहदेखि सहायक निर्देशक पदमा प्रशासन र प्राविधिक सेवातर्फ १ सय १४ जना विभिन्न समूहमा राष्ट्र बैंकले माग गरेको छ । 

अनलाइन फाराम भर्न नेपाल राष्ट्र बैंकको www.nrb.npcareer@NRB भित्र गई त्यहाँ राखिएको  online application form submission portal बाट भर्न सकिने बैंकको सूचना  मा उल्लेख गरिएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *