७७ जिल्लामा टुँगो लाग्यो अध्यक्ष र सचिब, भोली निर्णय सार्वजनिक गरिने

बैशाख ८, काठमाडौं । पार्टी एकताको प्रक्रियाको लामो समयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लामा कार्य समितिको टुंगो लगाएको छ ।  

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिबहरुको टुँगो लगाएको हो । 

सचिबालय बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको छ । पोलिटव्यूरो संरचना केन्द्रीय सदस्यको एकतिहाई रहनेछ । 

null

 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने छ । भोली ७० औं पार्टी स्थापना दिवसका अवसरमार विशेष कार्यक्रम गरी निर्णय सार्वजनिक गर्ने तय भएको छ । पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो । 

बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु सहभागी रहेका थिए । 

बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको थियो । 

नेकपाका केहि नेताहरुले सचिवालयले गरेको निर्णय हेर्न नपाएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । तत्कालीन एमाले र माओवादीबीच जिल्ला अध्यक्ष र सचिवमा ६०÷४० को भागवण्डा हुनेछ । महासचिव विष्णु पौडेलले तयार पारेको सूचीलाई अध्यक्षद्वयले अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गरिने तयारी भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *