दाङमा बस दुर्घटना हुँदा १० घाइते, चारको अवस्था चिन्ताजनक

 

जेठ २०, दाङ । दाङमा रोकी राखेकाे यात्रु वाहक बस दुर्घटना हुँदा १० जना व्यक्ति घाइते भएका छन् । 

शौचको लागि रोकी राखेकको बस अचनाक आफै गुडेर सडक भन्दा तल झरर्दा बसमा सवार १० जना यात्रु घाइते भएका हुन् । 

null

नारायणघाटबाट महेन्द्रनगरका लागि छुटेको ना ६ ख १२६४ नम्बरको बस गएराती करिब १२ बजे लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा चार जना व्यक्ति गम्भिर घाईते भएका छन् भने अन्य ६ जनाको अवस्था  सामान्य रहेको प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा परी गम्भिर घाइते हुनेमा टिकापुर ८ बस्ने वर्ष ६५ का भागीराम डगौरा, उनकी श्रीमती वर्ष ६० का बेज्या चौधरी, कैलाली लम्किचुहा ६ बस्ने वर्ष ३५ का कृष्ण भण्डारी र डडेल्धुरा अम्मरगढ़ी २ बस्ने वर्ष ५० का गोपा सार्की रहेक प्रहरीले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार उक्त दुर्घटनामा परि गम्भिर घाइते हुनेहरुलाई उपचारको लागि नेपालगञ्ज पठाईएको छ भने सामान्य घाइते भएकाहरुको स्थानिय हस्पिटलमा नै उपचार भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *