आज चट्याङसहित वर्षाको सम्भावना, कस्तो रहला तीन दिनको मौसम ?

फागुन २१, काठमाडौं । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा वर्षाका सम्भावना रहेको छ । पश्चिमी एवं स्थानीय वायुको प्रभावले मौसममा बदली देखिएको हो ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :- 

null

फागुन २१ गते (बुधबार)दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।रातीः देशका पहाडीभू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।फागुन २२  गते (बिहिबार)दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

फागुन २३  गते (शुक्रबार)दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *