शंकास्पद बस्तुको बारेमा फेसबुकमा जानकारी गराउँने यूट्युवर श्रेष्ठ पक्राउ

  

बैशाख २९, झापा ।   झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा शंकास्पद बस्तु राखिएको भनि सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउँने यूट्युवर किशोर श्रेष्ठ पक्राउ परेका छन् । 

 

null

मोरङ उर्लावारीका यूट्युवर श्रेष्ठलाई आईतबार बिहान उक्त शंकास्पद बस्तु फेला परेपछी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीले पक्राउ गरेका हुन् । उक्त घटनाको सोधपुछको लागि श्रेष्ठलाई नियन्त्रणमा लिईएको तर थुनामा नराखिएको मोरङका एसपी मनोज केसीले बताएका छन् । 

कुकरको बाहिर जेलिएर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु प्रहरीले फेला पारेकाे थियाे । झापा माइधारमा शंकास्पद बस्तु फेलापरेपछी करिब २ घण्टा जति पूर्व पश्चिम राजमार्ग अन्तरगतको सडक अबरुद्ध भएको थियो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *