कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

इटहरी, ११ साउन । सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

करिब रु १० लाख मूल्यबराबरको लत्ताकपडासहित सुनसरी बर्जु गाउँपालिका–१ निवासी लक्ष्मी कामत, अनिल गच्छदार र हरिनारायण राईलाई उनीहरुले प्रयोग गर्ने मोटरसाइकल क्रमशः को ५ प ६५४०, बा ९ प ७२०४ र को ४ प ३२८४ सहित कपडासहित पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 
भारतको विहारको बजारबाट सधैजसो भन्सार छलेर मोटरसाइकलमा गैरकानुनी रुपमा सुनसरीतिर कपडा ल्याई अमडुवालगायतका क्षेत्रमा भण्डारण गरी सुनसरी र मोरङका बजारमा आपूर्तिको धन्दा गर्दै आएको सुराकका आधारमा ती अवैध कारोबारमा संलग्न व्यापारी पक्राउ परेका पनि उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका तिनै जनालाई आवश्यक कानूनी कारबाहीसहित राजश्व असुल गर्नका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाउने तयारी भइरहेको पनि प्रहरी प्रमुख पोख्रेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *