बर्दगोरिया स्रोतकेन्द्र स्तरीय खेलकुद प्रतियोगिता सुरु

 

माघ १६ बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सामुदायिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बुधबार देखि सुरु भएको छ । 

बर्दगोरिया गाउँपालिका स्रोतकेन्द्रको आयोजनामा खेलकुद प्रतियोगिता संचालन गरिएको हो । स्रोतकेन्द्र विद्यालय बसन्त मुरारी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए भने, विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष भगवती डंगौरा रहेकी थिइन् । 

null

 

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बलिराम डंगौराले बर्दगोरिया गाउँपालिका भौगोलिक दृष्टिकोणले बिकास र पर्यटनको सम्भावना बोकेको गाउँपालिका भएको बताए । कैलाली जिल्लाका सबै गाउँ र नगरपालिका मध्ये बर्दगोरिया बिकासको सम्भावना बोकेको गाउँपालिका भएको उनको दावी छ । 

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष डंगौराले बर्दगोरिया गाउँपालिकालाई सुन्दर र नमूना गाउँपालिका बनाउने चाहना रहेकोे बताए । शिक्षा र खेलकुदको माध्यमबाट मात्रै बिकास हुँदैन उनले भने “बिकासका लागि समग्र सबैको मन र बिचार मिल्न आवश्यक छ ।” 

समग्र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, बन वातावरणको बिकास गरि जिल्लामा नमूना गाउँपालिकाको पहिचान बनाउन चाहेको उनले बताए । उनले गाउँपालिकामा क्रमागत रूपमा पूर्वाधार बिकास योजना भइरहेको भन्दै आगामी ३ वर्षमा सुन्दर गाउँपालिका हुने बताए । बनजङ्गल, नदीनाला प्रशस्त प्राकृतिक सम्पदा रहेको र यसको संरक्षण र उपयोग हुन सके नमूना गाउँपालिकाको रूपमा पहिचान दिन सकिने दावी गरे । 

कार्यक्रममा उनले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक विज्ञ र तालिम प्राप्त हुने भएकाले शैक्षिक गुणस्तर सुधार र विकासमा प्रमुख भूमिका शिक्षकको नै हुने औल्याए । खेलकुद कार्यक्रमले दक्ष र क्षमतावान विद्यार्थी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष डंगौराको भनाइ रहेकोे छ ।  

स्रोतकेन्द्र प्र.अ. एवं खेलकुद संयोजक भूमिप्रकाश बमको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा सडकपुर बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनार, गाउँपालिका शिक्षाशाखा प्राविधिक सहायक निरिखनन्दन लालकर्ण, शिक्षा बिकास तथा समन्वय इकाई कैलालीका विद्यालय निरिक्षक प्रतापसिंह धामी, मोहन्याल मावि व्यस्थापन समिति अध्यक्ष धिरेन्द्रा जोशी, राष्ट्रिय जनमोर्चाकी रुपा आलेमगर, नेपाली काँग्रेस बर्दगोरिया सभापति गणेश शाही, नेकपा बर्दगोरिया संयोजक डिल बहादुर बिक, वडा नम्बर १ का वडाअध्यक्ष जयरुप खतिवडा, वडा नम्बर २ का वडाअध्यक्ष भिखु चौधरी, वडा नम्बर ३ कर्ण सुनार, शिक्षा संयोजक गोमा बिक, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सहीद दिवसका अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा गाउँपालिका अन्तर्गत प्राथमिक, आधारभूत र माध्यमिक गरि १७ वटा सामुदायिक विद्यालयको सहभागिता रहेकोे छ । खेलकुद प्रतियोगिता स्रोतकेन्द्र विद्यालय बसन्त मुरारी माविको खेलमैदानमा संचालन भएको छ भने, प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।  

प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ ११ विद्याका खेलकुद प्रतियोगिता हुने भएका छन् । जसअन्तर्गत हिसाब दौड, १ सय मिटर , २ सय मिटर, ४ सय मिटर, १ हजार मिटर दुरीका दौड हुनेछन् । यस्तै, म्युजिकल चेयर, हाइजम्प, लङ्गजम्प, सटपुट, कपर्दी र भलिबल प्रतियोगिता हुनेछन् । 

बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुने कार्यक्रमको प्रायोजक गाउँपालिका कार्यालय नै रहेको छ । प्रतियोगितामा छात्रछात्रा दुबैतर्फ फरकफरक विद्यामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने बिद्यार्थीले मेडल तथा कदर प्रमाणपत्र पुरस्कार पाउनेछन् । खेलकुद प्रतियोगिता संचालन गर्नका लागि १ लाख ५० हजार हाराहारी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *