खोटाङमा आगलागीः ६३ लाखको क्षती

पुष १, खोटाङ । गएराती खोटाङको एक घरमा संचालन भएको  इलेक्ट्रोनिक सामग्रीको पसलबाट सुरु भएको आगलागीबाट  ६३ लाख रुपैयाँ बराबरको  क्षति भएको छ ।   

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित मनिकलाल प्रधानको घरमा संचालन भएको मोवाइल पसलबाट सुरु भएको आगलागीबाट ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भई   क्षति भएको हो ।   

टिनको छानो भएको तथा ढुङ्गा–माटोले बनेको उक्त तीन तले घरमा संचालित मोबाइल पसलमा विद्युत सर्ट भई लागेको आगलागीबाट मोवाइल पसलको सामाग्री जलेर १८ लाखको क्षती , घरमा भएको सामाग्री जलेर ३० लाख बराबरको क्षती र सोही घरमा संचालित पुस्तक पसलको १५ लाख बराबरको सामग्री जलेर ६३ लाख मूल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।   

Image result for आगलागीः

प्रहरीका अनुसार रातको करिब १ बजेको समयमा आगलागीको खबर पुगेको र स्थानियको सहयोगमा आगलागी भएको तीन घण्टापछी  आगोलाई पूर्णरुपमा नियन्त्रणमा लिईएको हो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *