रामकोटको एक घरमा आगलागी, ग्यास पड्किएर सेनाका मेजर घाइते

फागुन २८, काठमाडौं । नागार्जुन नगरपालिकाको रामकोट–७ सोती गाँउमा रहेको एक घरमा आगलागी भएको छ । 

आज (बुधबार) बेलुकी ९ बजेतिर करेन्ट सर्ट भएर सो ठाउँका देवेन्द्र राज गिरीको घरमा आगलागी भएको हो । 

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लाल ध्वज सुवेदीले विद्युत सर्ट भएर आगलागी हुँदा ग्यास समेत विस्फोट भएको जानकारी दिए । उनका अनुसार हाल दमकल र स्थानीयको सहयोेगमा आगलागी नियन्त्रण कार्य भइरहेको छ । 

पुरानो ढुङ्गामाटो र जस्ताको दुई तले घरमा आगो निभाउन खोज्दा ग्यास पड्किएर छिमेकी नेपाली सेनाका मेजर हरिहर गिरी घाइते भएका छन् । उनको नेपाली सेनाको छाउनीमा रहेको बिरेन्द्र सैनिक अस्पतालमा उपचार भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *